काठमाडौं,चैत ७ । चीन सरकारले नेपाली नागरिकबाहेक चीनसँग सम्बन्धित मुद्दामा आवश्यक ठानेको अवस्थामा कुनैपनि देशका नागरिकलाई ऊसमक्ष बुझाउनुपर्ने प्रावधानसहित नयाँ सुपुर्दगी सन्धि प्रस्ताव गरेको छ । प्रधानमन्त्री केपी ओलीको भ्रमणपूर्व प्रस्तावित नयाँ सन्धिका प्रायः प्रावधान भारतले दस वर्षअगाडि गिरिजाप्रसाद कोइराला नेतृत्वमा रहेको सर्वदलीय सरकारलाई पठाएको मस्यौदा सन्धिसँग मिल्दाजुल्दा छन् ।
खासगरी २०६३ सालको परिवर्तन यता पश्चिममा शक्ति आइएनजिओ र भारततिरबाट स्वतन्त्र तिब्बतलाई सहयोग पुर्याउन नेपाली भूमि प्रयोग गरिएको भन्दै चीनले नयाँ सन्धि प्रस्ताव गरेको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
No comments:
Post a Comment