काठमाडौं,चैत ७ । पाँच दिने नेपाल भ्रमणका लागि शनिवार काठमाडौं आईपुगेका बेलायती राजकुमार हृयारी पहिलो दिनमै उनी निकै ब्यस्त देखिए । साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई वालुवाटार पुगेर भेट गरे भने त्यसपछि आफ्नो सम्मानमा परराष्ट्रमन्त्री कमल थापाले आयोजना गरेको कार्यक्रममा सहभागी भए ।
गोर्खा सैनिकसँगै केही सयम बिताएका ह्यारीले खुलेर उनीहरुप्रति आफ्नो स्नेह प्रर्दशन गरे । उनले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट भेट्ने कार्यक्रम रहेको छ । त्यस लगतै आजै भूकम्पबाट क्षतिग्रस्त पाटन दरबार स्क्वायरका मन्दिर र भवनहरुको पुनर्निर्माणबारे जानकारी लिने जाने छन् ।
No comments:
Post a Comment