Saturday, March 19, 2016

प्रधानमन्त्री चीन भ्रमणमा ,यस्तो छ भ्रमण तालिका

काठमाडौं,चैत ७ । प्रधानमन्त्री केपी शर्मा ओली जम्बोटालीको नेतृत्व गर्दै आजदेखि छिमेकी राष्ट्र चीन औपचारिक भ्रमणमा जादैछन् । भारत भ्रमणको केही समयपछि प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा सातदिने चीनको भ्रमण गर्न लागेका हुन् । प्रधानमन्त्रीको भ्रमण टोली व्यपारीसमेत गरी झन्डै सय सदस्यीय रहेको छ । जसमध्ये ३४ जना उद्योगी-व्यवसायी छन् ।

भ्रमण टोलीमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल हुनुहुन्छ । यसअलावा प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाल, सरकारमा सामेल र प्रमुख प्रतिपक्ष दलका सांसदसमेत भ्रमण दलमा रहनु भएको छ ।

प्रधानमन्त्रीको औपचारिक टोलीको सदस्य संख्या ५६ पुगेको छ भने व्यापारी र निजी क्षेत्रका व्यक्ति पनि यसमा थपिनेछन् । यस पटक चीनले नेपाली आतिथ्यमा समेत कम गरेको छ । यसअघि २० भन्दा बढीसम्मलाई आफ्नो खर्च बेहोर्ने चीनले अहिले ११ जनालाई मात्र सरकारी खर्चमा बोलाएको छ ।

भ्रमण कार्यतालिका
प्रधानमन्त्रीको अलावा एमाले अध्यक्षको हैसियतमा चाइनिज पिपल्स पोलिटिकल कन्सल्टेटिभका अध्यक्ष यु झेङसेङसँग भेटवार्ता गर्ने
रेनमिन विश्वविद्यालयमा प्रवचन दिने
चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन सम्बन्धमा नेपाली र चिनियाँ व्यापारीको उपस्थितिमा आयोजना हुने सभालाई सम्बोधन गर्ने
नेपालमा लगानी गर्न सुरक्षित रहेको धारणा प्रस्तुत गर्ने
बेइजिङबाट बोआओ आउनुअघि उनले नेपाली दूतावासमा हुने समारोहमा सञ्चारकर्मीसँग अन्तक्रिर्यासमेत गर्ने
बेइजिङमा राजनीतिक भेटघाटपछि हेनान प्रान्त पुग्ने
बोआओमा आयोजना हुने एसियाका लागि बोआओ मञ्चको ‘एसियाको नयाँ भविष्य : नवीन आयाम, नवीन दृष्टिकोण’ विषयक सम्मेलनमा चैत ११ मा अतिथिका रूपमा सम्बोधन गर्ने
बोआओमा सम्बोधन गरेपछि उनी सान्याको नान्सानमा रहेको नेपाल पेभिलियनको भ्रमण गर्ने
सिचुवानको छेन्दु र सान्सी प्रान्तको सियान पुग्ने प्रधानमन्त्रीले त्यहाँ प्रान्तीय नेताहरूलाई भेट्ने

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts