Saturday, March 26, 2016

प्रधानमन्त्री स्वदेश फर्कंदै, प्रधानसेनापति चीन जाँदै

काठमाडौं,चैत १४ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको ८ दिने औपचारिक भ्रमण सकेर आइतबार स्वदेश फर्कंदै हुनुहुन्छ । चैत ७ गते जम्बो टोलि लिएर चीन भ्रमणमा गएका प्रधानमन्त्री ओली ाज अपरान्ह ३ बजे प्रधानमन्त्री स्वदेश र्फकने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा चीनसँग १० वटा सम्झौता गरेका थिए । बेइजिङमा बोआओ फोरममा सम्बोधन गरेपछि प्रधानमन्त्री ओली हैनान हुँदै सान्या, सियान र शनिबार छेन्दु पुग्नुभएको हो ।

प्रधानमन्त्रीसहितको टोली सिचुआन प्रान्तको छेन्दुबाट आइतबार राजधानी उत्रेने कार्यक्रम रहेको छ । उहाँले छेन्दु शहरमा रहेको भूकम्प स्मारक र सङ्ग्रहालयको अवलोकन गर्नुभयो । भूकम्पबाट भग्नावशेष बनेको एक पाँच तले विद्यालयको पनि प्रधानमन्त्रीले अवलोकन गर्नुभयो ।

त्यस्तै प्रधानसेनापति राजेन्द्र क्षेत्री आइतबार चीन भ्रमणमा जाँदै हुनुहुन्छ । जनवादी गणतन्त्र चीनका जनमुक्ति सेना प्रधानसेनापति फङ फेनघुईको औपचारिक निमन्त्रणामा उहाँ औपचारिक भ्रमणका लागि चीन जान लाग्नुभएको हो । प्रधानसेनापति भएपछि क्षेत्रीले गर्न लागेको चीन भ्रमण पहिलोपटक हो । यसअघि उनले भारत भ्रमण गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts