Saturday, March 26, 2016

ग्रेडिङले बढायो एसएलसीको विद्यार्थी

काठमाडौं,चैत १४ । एसएलसी परीक्षामा विद्यार्थीको संख्या बढ्दै गएको छ । प्राथमिक तहमा विद्यार्थीको संख्या घट्दै गए पनि एसएलसीमा भने झन्डै ६० हजार विद्यार्थी बढेका छन् । परीक्षा नियन्त्रक कृष्ण काप्रीका अनुसार यस वर्ष नियमित र एक्ज्याम्टेडतर्फ गरी कुल ६ लाख १५ हजार पाँच सय ५३ विद्यार्थीले एसएलसी परीक्षाका लागि आवेदन फारम भरेका छन् । नियमिततर्फ चार लाख ५२ हजार आठ सय ८१ र एक्ज्याम्टेडतर्फ एक लाख ५९ हजार चार सय १७ विद्यार्थीले आवेदन फारम भरेका छन्। आवेदन फारम भरेकामध्ये केही अयोग्य हुने परीक्षा नियन्त्रक काप्रीले बताए।

नियमित र एक्ज्याम्टेड दुवैमा बढी

यस वर्षको एसएलसीमा नियमित र एक्ज्याम्टेड दुवैतर्फ विद्यार्थीको संख्या बढेको छ । अघिल्लो वर्षको एसएलसीमा नियमितमा चार लाख १० हजार चार सय ३७ र एक्ज्याम्टेडमा एक लाख ४५ हजार दुई सय ५१ गरी कुल पाँच लाख ५५ हजार ६ सय ८८ परीक्षार्थी सहभागी भएका थिए । यस वर्ष ५९ हजार आठ सय ६५ बढेर ६ लाख १५ हजार पाँच सय ५३ ले आवेदन भरेका छन् । नियमिततर्फ ४२ हजार चार सय ४४ र एक्ज्याम्टेडतर्फ १४ हजार एक सय ६६ बढेका छन्।

ग्रेडिङ सिस्टमले बढायो

एक्ज्याम्टेड दिने विद्यार्थीको संख्या बढ्नुको मुख्य कारण ग्रेडिङ हुन सक्ने परीक्षा नियन्त्रक काप्रीको अनुमान छ। एक्ज्याम्टेडमा प्रत्येक वर्ष एक–दुई हजारको फरक हुनेमा यस वर्ष १४ हजारभन्दा बढी थपिएका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ – विगतमा जस्तो यस वर्ष पास वा फेल नभनी ग्रेडमा मात्र मूल्यांकन हुने भएकाले पहिले परीक्षा दिन छाडेकाले पनि फारम भरेको हुनसक्ने उनको भनाइ छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts