Saturday, March 26, 2016

मधेशी दल अवैध !

काठमाडौं,चैत १४ । संविधानत: राजनीतिक दलले पाँच वर्षमा महाधिवेशन गरेर निर्वाचन आयोगलाई जानकारी गराउनुपर्छ। तर, १३ पुस ०६४ मा स्थापित तराई मधेस लोकतान्त्रिक पार्टीले अहिलेसम्म महाधिवेशन गरेको छैन। कांग्रेसका तत्कालीन कोषाध्यक्ष महन्थ ठाकुरले सो पार्टी छोडेर तमलोपा पार्टी बनाएर अध्यक्ष भएका थिए। तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीले आगामी जेठतिर महाधिवेशनको तयारी भइरहेको बताए । ‘गत असोजमा महाधिवेशन गर्ने तयारी थियो, आन्दोलनका कारण रोकिएको हो। जेठतिर गर्ने योजना छ,’त्रिपाठीले भने।

उपेन्द्रको पार्टी पनि महाधिवेशविनै
मधेसी जनअधिकार फोरमले ४ माघ ०६६ मा दोस्रो महाधिवेशन गरेको थियो । त्यसयता फोरमले महाधिवेशन गरेको छैन। यसबीचमा फोरम विभाजित भएको छ भने संघीय समाजवादी पार्टीसँग ३१ जेठ ०७२ मा एकता भएको छ। एकीकरणपछि तीन वर्षभित्र महाधिवेशन गर्ने भनिएको छ । एकीकरणपछिको संघीय समाजवादी फोरम तदर्थ समिति हो। छिटै महाधिवेशनको सोच रहेको, तर मिति तय नभएको फोरमका वरिष्ठ नेता अशोक राईले बताए।

सत्तारुढ दलले पनि गरेको छैन महाधिवेशन
सत्तारुढ दल मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले पनि स्थापनाकालदेखि अहिलेसम्म महाधिवेशन गरेको छैन। उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमबाट फुटेर विजय गच्छदारको नेतृत्वमा १६ साउन ०६६ मा फोरम लोकतान्त्रिक पार्टी गठन भएको थियो। विभाजनको ५ वर्ष बितिसक्दा पनि सो पार्टीले महाधिवेशन गरेको छैन।

निर्वाचन आयोग चुपचाप
नयाँ पत्रिका दैनिकमा समाचार छ – वार्षिक आयव्याय विवरण नबुझाएको निर्वाचन आयोगले केही समयअघि १५ दलको दर्ता खारेजीको निर्णय गर्यो। तर, नौ बर्षसम्म महाधिवेशन नगर्ने दलको विषयमा भने आयोग चुपचाप छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts