Saturday, March 26, 2016

आयल निगमकै पदाधिकारी ग्यास कालोबजारीमा

काठमाडौं,चैत १४ । अभावका बेला नेपाल आयल निगमका जिम्मेवार पदाधिकारी नै ग्यास कालोबजारीमा लागेको तथ्य फेलापरिरहेको छ । तोकिएभन्दा बढी ग्यास बेचिरहेकेा बेला प्रहरीले पक्राउ गरेको तेजबहादुर खड्का र पुष्पराज श्रेष्ठलाई नेपालगञ्जको भेरी ग्यास उद्योगबाट १६ सय ५० थान ग्यास दिन निगमका प्रवन्धक विनितमणि उपाध्ययले लेखेको पत्र फेला परेपछि निगम अधिकारी कालोबजारीमा लागेको तथ्य खुलेको आजको नागरिक दैनिकमा समाचार छ ।

काठमाडौंका विभिन्न स्थानमा कालोबजारी गरिरहेका खड्का र श्रेष्ठ भेरी ग्यासका बिक्रेता होइनन् । डिलर नलिएकालाई ग्यास दिन पत्राचार गरेपछि भेरी ग्यासले उनीहरुलाई १६ सय ५० थान ग्यास पठाएको थियो ।
चरम अभावका बेला उनीहरुले प्रतिसिलिन्डर १० हजारसम्म लिएर ग्यास बेचेको प्रहरीको भनाई छ ।
चर्को मूल्यमा ग्यास बेचेको अभियोगसहित दायर मुद्दामा काठमाडौं जिल्ल्ा अदालतले बयान लिँदा निगम पदाधिकारीले उनीहरुलाई ग्यास दिलाउने गरेको प्रमाण फेला परेको हो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts