Saturday, March 26, 2016

ट्वेन्टी–ट्वेन्टी विश्वकप: डिफेन्डिङ च्याम्पियन श्रीलंका बाहिरियो

एजेन्सी,चैत १४ । भारतमा चलिरहेको आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटवाट डिफेन्डिङ च्याम्पियन श्रीलंका बाहिरिएको छ । शनिबार राति दिल्लीको फिरोज साह कोट्ला मैदानमा भएको खेलमा डिफेन्डिङ इंग्ल्याण्डसँग १० रनले पराजित हुदै श्रीलंका घर र्फकिएको हो । इंग्ल्याण्डले भने अन्तिम चारमा स्थान पक्का गरेको हो । खेलमा पहिले व्याटिङ गरेको इंग्लण्डले जोस बट्लरको अविजित ६६ रनको मद्दतले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७१ रन बनायो ।

एक सय ७२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा एक सय ६१ रन बनायो । श्रीलंकाका कप्तान एन्जेलो म्याथ्युजले ५४ बलमा पाँच छक्का र तीन चौकाको मद्दतमा ७३ रन बनाएर टिमलाई बलियो अवस्थामा पु¥याएपनि त्यो जितका लागि पर्याप्त भएन । श्रीलंकाका चामरा कोपुगेदराले २७ बलमा ३०, थिशरा परेराले ११ बलमा २० तथा दासुन सानकाले ९ बलमा १५ रन बनाए । इंग्ल्याण्डका क्रिस जोर्डनले चार तथा डेविड विलीले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले चार विकेटको क्षतिमा एक सय ७१ रन बनायो । उसका लागि जोस बटलरले ३७ बलमा नटआउट ६६ रन बनाए । यस्तै ज्यासन रोयले ३९ बलमा ४२, जोए रुटले २४ बलमा २५ तथा इओन मोर्गानले १६ बलमा २२ रन बनाए । श्रीलंकाका ज्याफ्री वान्डर्सेले दुई विकेट लिए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts