Sunday, March 20, 2016

प्रधानमन्त्री ओलीले चीनसँग तेल होइन गाइ माग्ने !

काठमाडौं,चैत ८ । प्रधानमन्त्री केपी ओलीले गत शनिबार साँझ चीन जाने भ्रमण दलका सदस्यलाई बालुवाटारमा डिनर दिंदै फुर्तितन लगाए–यसपटकको चीन भ्रमण तपाईंहरुलाई मात्र हैन, मलाई पनि सरप्राइज हुँदैछ । चीन र नेपाल जोड्ने सबै राजमार्ग बन्नेवाला छन् । बिजुली र तेल अब चीनबाट आउनेवाला छ । आजको तरुण साप्ताहिकमा खबर छ–अबको २०/३० वर्षपछि तपाईंहरु पूर्वदेखि पश्चिम जहाँ गए पनि गर्वसाथ भन्न पाउनुहुनेछ, हाम्रो चीन भ्रमणको बेलामा एग्रिमेन्ट भएको बाटो हो यो ।
ओलीले ५६ जनाको टोलीलाई ब्रिफिङ गर्दा उनका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा भने त्यहाँ थिएनन् । ओलीले यसपटक चीनले आफूलाई सरप्राइज दिनेवाला छ भन्दै ठाँटिएर बोलिरहँदा एकजना एमाले सांसदले सोधे, ‘प्रधानमन्त्रीज्यू यसपटक केके आउनेवाला छ त चीनबाट ?’

चीनले दिने कुनै पनि विषय निश्चित थिए । तर, झापातिरको लबजमा ओलीले भने, ‘मलाई बाक्लो दुध खान मन लाग्यो, लौन दिइदेउ भनिंदैन । मेरो आँत हरर भयो हरर भयो, लौन मिठो मोही देउ पनि भनिंदैन । चिल्लो चापुल्लो खान मन लाग्यो, घिउ दिन्थेउ की पनि भनिंदैन । म चीनसँग माग्दैछु, गाई आयो भने दुध, दही मोही त्यसैले दिन्छ । गाई दिंदैन भने चीनबाट केही ल्याइदैन । दीर्घकालका लागि फाइदा हुने गरी कुरा गरिन्छ, तत्कालको खुद्रा मसिना कुरामा अल्झेर बसिंदैन ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts