काठमाडौं,चैत ८ । पूर्वराजा ज्ञानेन्द्र शाह नराम्रो सपना देखेको भन्दै ज्यातिषीहरुको परामर्शमा जुटेका छन् । उपलब्धी लिएर मात्रै स्वदेश फर्कने भन्दै उनी गत माघको दोस्रो साता थाइल्याण्ड गएका थिए । तर, नराम्रो सपना देखिएकोले उनी छिट्टै स्वदेश फर्किएको स्रोतले जनाएको आजको तरुण साप्ताहिकमा खबर छ । स्रोतका अनुसार यस अघि आफ्ना पिता महेन्द्रको श्राद्ध गर्न उनले ब्राम्हणलाई लगाउँथे । तर, यसपटक भने एकछाकी बसेर आफैंले बाबुको श्राद्ध गरे ।
स्रोतका सपनामा बाबु महेन्द्रसँग दोहोरो कुराकानी भएका कारण पूर्वराजा शाह आत्तिएका हुन् । यस्तो हुनुलाई ठूलो अनिष्टको संकेत मानिन्छ । धर्मशास्त्र अनुसार राजाले बाबुआमाको काजकिरिया र श्राद्ध गर्नुपर्दैन । त्यो काम राजाका भाइहरुले गर्दछन् । विरेन्द्रको वंश विनाश अघिसम्म ज्ञानेन्द्र र धिरेन्द्रले महेन्द्रको श्राद्ध गर्दै आएका थिए । तर, विरेन्द्र मारिएपछि ज्ञानेन्द्र राजा भए, अर्को भाइ धिरेन्द्र पनि मारिएपछि बाह्मणहरुले श्राद्ध गर्दै आएका थिए ।
Sunday, March 20, 2016
सपनामा बाबु महेन्द्रसँग कुराकानी भएपछि यसरी आत्तिए ज्ञानेन्द्र
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment