काठमाडौं,चैत ८ । कांग्रेस संसदीय दलको नेता पदमा शेरबहादुर देउवा सर्वसम्मत बन्ने सम्भावना देखिएको छ । महामन्त्री शशांक कोइरालाले रामचन्द्र पौडेललाई अगाडि नबढाउने भएपछि देउवा सर्वसम्मत बन्ने सम्भावना रहेको कांग्रेसको उच्च स्रोतको दाबी छ । उनीहरुका अनुसार रामचन्द्रलाई साइजमा राख्न र आफू अगाडि बढ्न शशांकले रणनीतिक चाल चाल्न थालेका छन् । उनले सभापतिमा देउवासँग मिलेर रामचन्द्रलाई किनारा लगाउन खोजेका हुन् । आजको साँघु साप्ताहिकमा खबर छ । संसदीय दलको नेतामा देउवा र पौडेल दुवैले दाबी गर्दै आएका छन् । कृष्ण सिटौला समूह र खुमबहादु समूहका केही सांसद यताउता हुनासाथ दलको नेताको पदको लागि हुने परिणाम प्रभावित हुनेछ । आगामी २२ चैतमा दलको चुनाव राखिएको छ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment