Sunday, March 20, 2016

पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवालीमाथि अख्तियारको छानबिन

काठमाडौं,चैत ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीमाथि भ्रष्टाचार गरेको आशंकामा अनुसन्धान थालेको छ। अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले नगर विकास कोषको कार्यकारी निर्देशक हुँदा ज्ञवालीले कोषको रकमको बाँडफाँट र सार्वजनिक खरिदमा भ्रष्टाचार गरेको भन्दै परेको उजुरीमाथि आयोगले अन्तिम चरणको छानबिन गरिरहेको जानकारी दिए।

पुष्करका अनुसार ज्ञवालीले प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत भइसकेपछि भूकम्पपीडितको विस्तृत सर्भे गर्ने काम कानुनविपरीत तजबिजी ढंगले एनजीओलाई दिँदासमेत अनियमितता गरेको भनी परेको उजुरीमा समेत अख्तियारले छानबिन थालेको कान्तिपुर दैनिकमा समाचार छ।

उनले भुकम्पबाट क्षति भएका निजी घरहरुको बिस्तृत सर्वेक्षणका लागि एमाले निकट स्वास्थ्य अनुसन्धान तथा समाजिक विकास मन्च नामक गैर सरकारी संस्थालाई जिम्मेवारी दिएका थिए। उक्त संस्थाले सर्वेक्षणका लागि इन्जिनियर छनौछ गर्ने, तालिम दिने, सर्वेक्षणका लागि आबश्यक सामाग्रिहरु उपलब्ध गराउने काम गर्ने गरी सम्झौता भएको हो। करिब १४ सय प्राबिधिकहरु उक्त संस्थाले परिचालन गरी सर्वेको काम गराइरहेको छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts