काठमाडौं,चैत ८ । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारीले सोमबार बर्दियामा जलयात्रा गरेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनका लागि सोमबार विहान बर्दिया पुगेका ह्यारीले निकुञ्जको बीच हुँदै बगेको खौरिया नदीमा झन्डै ४० मिनेट जलयात्राको मज्जा लिए। निकुञ्जको गैँडामोचन पोस्टबाट जलयात्रा सुरु भएको थियो। राजकुमार ह्यारीको जलयात्रा बघौरा फाँटमा पुगेर टुङ्गिएको थियो।
प्रकृति, पर्यावरण, हिमाल र वन्यजन्तुप्रति विशेष चासो राख्नुहुने राजकुमार ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनका बेलामा निकुञ्जका विविध पक्षका बारेमा जानकारी लिनुहुनेछ । झन्डै हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा मुख्यतः हात्ती, गैँडा, बाघ र २५० प्रजातिका चराचुरुङ्गी पाइन्छन्।
विश्ववन्य जन्तु कोषले सो निकुञ्ज संरक्षणका लागि आर्थिक एवम् प्राविधिक सहयोग पु¥याउँदै आएको छ। निकुञ्जका वन्यजन्तु हेर्न हरेक वर्ष करिब दश हजार विदेशी पर्यटक आउने गर्दछन्। प्रकृतिप्रति विशेष चासो राख्ने राजकुमार ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनपछि थारु होमस्टेमा बिताउनेछन् । त्यहाँ थारुका परपम्परागत नाच प्रस्तुत गरिनेछ । राजकुमार ह्यारी बर्दियापछि लमजुङ र पोखरा पुग्नेछन् । सुन्दर पर्यटकीय नगरी पोखराको प्राकृतिक दृश्यावलोकन पछि उनले लमजुङमा पैदलयात्रा पनि गर्ने नेपालस्थित बेलायती दूतावासले जनाएको छ ।
तस्वीर: डेलीमेल
No comments:
Post a Comment