Tuesday, March 15, 2016

ल्यारक्यालको खुल्यो अर्को अभियोग,ठगी ‘फरार ‘आरोपीसमेत रहेको तथ्य

काठमाडौं,चैत ३ । बैंक लकरमा गोली भेटिएपछि प्रहरी हिरासतमा रहेका एकीकृत नेकपा माओवादीका सांसद ल्हारक्याल लामा वैदेशिक रोजगार ठगी ‘फरार ‘आरोपीसमेत रहेको तथ्य फेला परेको छ।
मकाउ पठाइदिने भन्दै २ करोड १९ लाख रुपैयाँ ठगी गरेको उजुरी वैदेशिक रोजगार विभागमा परेपछि विभागले लामालाई पक्राउ गरि बुझाउन प्रहरीलाई दुई वर्षअघि नै पत्र पठाएको थियो।

अपरच्युनिटि म्यानपावर सर्भिसेजका अध्यक्ष केशबबहादुर गुरुङले लामासहित फुर्वा लामा छ तिरिङडोल्ला लामाविरुद्ध २०६९ भदौमा उजुरी दिएका थिए । नागरिक दैनिकमा समाचार छ – लगत्तै विभागले महागनरीय प्रहरी मरिसर, काठमाडौंलाई भदौ ५ मा तीनै जनालाई पक्राउ गरी विभागमा पठाउन पत्राचार गरेको थियो ।

गुरुङले निवेदनमा ‘ल्यारक्यालकी भान्जी भन्ने खिनाले मकाउमा हाउसकिपिङ, क्लिनर, वेटर र सेक्युरिटी गार्डको ३ सय २० जनाको कोटा ल्याईदिने भन्दै पटक पटक गरी २ करोड १९ लाख रुपैयाँ ठगी गरेको दाबी गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts