Tuesday, March 15, 2016

प्रधानमन्त्री ओलीलाई हटाईदिन मोर्चाका नेताद्वारा जयशंकरसँग आग्रह

काठमाडौं,चैत २ । भारतीय विदेश सचिव एस जयशंकरसँग मधेसी मोर्चाका नेताहरुले केपी ओली सरकार मधेसी र आदीबासी जनजाति प्रति अनुदार रहेकोले नेपालको समस्या समाधानकोलागि यो सरकार परिवर्तन गर्नु पर्ने प्रस्ताव राखेका छन । सार्क विदेश सचिव स्तरीय बैठकमा भाग लिने क्रममा काठमाडौमा रहेका सचिव जयशंकर बसेको बत्तिसपुतली स्थित होटल द्धारिकाजमा समूहमा पुगेका मधेसी नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नहटाएसम्म नेपालको समस्या कुनै पनि हालतमा समाधान नहुने दावी गरेका हुन ।

जयशंकरसँग भेट गर्न अशोक राई, सर्वेन्द्रनाथ शुक्ल, राजकिशोर यादव, महेन्द्र यादव, अनिल झा लगायतका नेताहरु समूहमा पुगेका थिए । उनीहरुवीच झण्डै ४५ मिनेट कुराकानी भएको थियो ।
सो क्रममा जयशंकरहरुले तपाईहरुको मुद्दा कति संबोधन भयो, कति बाँकी छ, नेपालको परिस्थिति कस्तो छ र समस्या समाधानको लागि के गर्नु पर्छ भनेर चासो ब्यक्त गरेका थिए ।
फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवका अनुसार आफूहरुले केपी ओली नेतृत्वको सरकारले मधेसको समस्या समाधान नगर्ने र उनी समस्या समाधान गर्न तयार पनि नभएको भन्दै ओली अनुदारबादी रहेको टिप्पणी गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts