काठमाडौं,चैत ३ । वैशाख १ देखि राजधानीको धारामा मेलम्चीको पानी ल्याउने योजना अन्ततः गफमै सीमित भएको छ । आयोजनाको मुख्य काम २७ किमी सुरुङ निर्माणमध्ये मंगलबार सम्म १४.८ किमीमात्र सम्पन्न भएपछि नयाँ वर्षसँगै मेलम्चीको पानी पिउने राजधानीबासीको चाहना पूरा नहुने भएको आजको कारोबार दैनिकमा समाचार छ ।
सरकारी योजनाअनुसार यतिबेलासम्म सुरुङ निर्माणका सबै काम सम्पन्न भई हस्तान्तरण भइसक्नुपर्ने थियो । मेलम्चीको २७ मध्ये २१ किमी सुरुङ ३० महिनाभित्र सक्ने प्रवितद्धतासहित ०७० साउनमा इटालियन को अपेराटिभा मुरातोरी एन्ड केमेन्टेस्टी र भारतीय कम्पनी दि-राभेनाको संयुक्त उपक्रमले ७ अर्ब ७० करोधड रुपैयाँमा ठेक्का सकारेका थिए ।
ठेकेदारले ठेक्का लिँदा दैनिक ३५ देखि ४० मिटर सुरुङ खनेर भदौमा काम सक्ने कार्यतालिका सरकारलाई बुझाएका थिए ।
सरकारले सोही कार्यतालिका अनुसार ०७३ वैशाखमा मेलम्चीको पानी राजधानीमा वितरण गर्ने योजना सार्वजनिक गरेको थियो ।
Tuesday, March 15, 2016
वैशाख १ मा नआउने भयो मेलम्ची, एक वर्षभित्र सुरुङ खनिसक्न दबाब
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment