Tuesday, March 1, 2016

महामन्त्रीमा मैले उम्मेदवारी घोषणा गरे, देउवाको भोली हुन्छः केसी

काठमाडौं,फागुन १८ । नेपाली काग्रेसका नेता अर्जुन नरसिंह केसीले बरिष्ठ नेता शेरबहादुर देउवा प्यानलबाट महामन्त्री पदको उम्मदेवारी घोषणा गरेका छन । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ मैले देउवाजीको प्यानलबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गरे । प्यानलको घोषणा औपचारिक रुपमा बुधवार हुन्छ । ’ केसीले थपे,‘ हामी भोली प्यानलसहित घोषणा गर्ने तयारीमा थियौ ।
उनले आफू प्रतिष्पर्घामा उत्रिसकेकोले जो विपक्षमा उमेदवार भएपनि अब पछि नहड्ने स्पष्ट पार्दै भने,‘ मेरो ज्वाई गगन थापा वा शसांक कोइराला जो मैदानमा उत्रिए पनि अब मेरो उम्मेदवारी परिवर्तन हुँदैन यो अन्तिम निर्णय हो । अब पछि हट्ने र झुक्ने काम हुँदैन ।’ उनले थपे,‘ गगनजी जनप्रिय नेता हो, पार्टीको भविष्य हो । उहाँले यो विषयमा गंभिरतापूर्वक सोच्नु होला ।’

केसीले नेपाली काग्रेसमा ब्याप्त विरासतको राजनीति, सिण्डिकेट, विधिहिनता र सानो झुण्डको हालिमुहाली तोड्न आफू बरिष्ठ नेता शेरबहादुर देउवाको प्यानलमा आएको दावी गर्दै संस्थापन पक्षको नाममा सानो गिरोहले सिंगो पार्टी कब्जा गर्न खोजेको आरोप लगाए ।
उनले आफू पार्टीलाई नेतामुखी, नातामुखी र दातामुखी भन्दा नीति मुखी बनाउनु पर्ने अभियानसहित अगाडि बढेको बताउँदै १८ वर्ष केन्द्रीय समितिमा सस्थापन पक्षबाट रहँदा समेत आफ्नो उचित मुल्याङकन नभएको गुनासो गरे ।
केसीले भने,‘ १० औ महाधिवेशनमा ९ नवौ नम्बरमा विजयी भए, ११ औमा पाचौ नम्बरमा, १२ औमा दोस्रो नम्बरमा केन्द्रीय सदस्यमा विजयी भए, तीन वर्ष गिरिजाबाबुले मनोनयन गरेर केन्द्रीय सदस्य बनाउनु भयो । १८ वर्ष केन्द्रीय सदस्य हुँदा जम्मा १७ महिना मन्त्री भए । संस्थापन पक्षमा मेरो उचित मुल्याङकन भएन । ’
उनले आफू अझै पनि सहमतिमै नेतृत्व चयन हुनु पर्ने पक्षमा रहेको स्पष्ट पार्दै दुई मध्ये एक नेता सभापति र अर्को नेता संसदीय दलको नेता बनेर बाँकी पदमा प्रतिष्पर्घा गर्नु पर्ने धारणा राखे । यसले पार्टीभित्रको धु्रविकरण कम गर्ने उनको विश्वास थियो ।
साक्षात्कारमा केसीले पार्टीभित्रको सिण्डिकेट तोड्न, विधिविहीनतामा पार्टी चलाउने सस्कारको अन्त्य गर्न र झुण्डबाट नीति र सामूहिक नेतृत्वमा पार्टी सञ्चालन गराउने पद्धतिको विकास गर्न आफ्नो उम्मेदवारी भएको समेत दावी गरे ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts