झापा, फागुन १८ । झापाका अधिकांस ग्याँस डिपोले सरकारी नियमको वेवास्ता गरेको पाइएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा तालिम गरिरहेका शाखा अधिकृतहरुको टोलीले जारी राखेको बजार अनुगमनका क्रममा यस्तो फेला परेको हो । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उधोग कार्यालय झापासमेत रहेको बजार अनुगमन टोलीले दुई साता देखि झापामा बजार अनुगमन तीव्र पारेको जनाईएको छ ।
अनुगमनका क्रममा झापाको विर्तामोढ, दमक, भद्रपुर, चन्द्रगढी, मेचीनगर लगायत बजारका अधिकांस डिपोमा ग्याँस जोख्ने मेसिन फेला नपरेको टोलीमा सहभागी शाखा अधिकृत गिरिराज भट्टराईले जानकारी दिए । ग्याँस पसलमा आगो लाग्न सक्ने हुदा निभाउन प्रयोग हुने साधन राख्नु पर्ने, बाँणिज्य कार्यालयमा ग्याँस डिपो दर्ता गर्नु पर्ने, ग्याँस चुहावट रोक्न सिल दुरुस्त राख्नु पर्ने जस्ता कार्यविधि अधिकांसले पालना नगरेको पाईएको उनले बताए । टोलीले भाँडाकुँडा बेच्ने भनी दर्ता गरेको पसलमा पनि विना इजाजत ग्याँस बेचेको फेला पारेको हो ।
सिलिण्डरको म्यादबारे अधिकांस वेखवर
बजार अनुगमनका क्रममा विर्तामोढ नगरपालिकामा म्याद गएका सिलिण्डरको विक्री भएको पाइएको छ । सिलिण्डरको घाँटीनेर हुने संकेत ( जस्तै २०२० A) ले सन २०२० को शुरुका तीन महिनासम्म म्याद रहकोे जनाउछ । यस्तै त्यहाहुने अल्फाबेट B, C र D ले क्रमश तीन तीन महिना जनाउछ । तर यसबारे उपभोक्ता सचेत नरहेको पत्ता लागेको झापा घरेलु कार्यालयका उद्योग अधिकृत गोपाल लिम्बूले बताए । म्याद गएको ग्याँस सिलिण्डर विष्फोटन हुने, चुहिने खतरा हुने उनले जानकारी दिए । अनुगमन टोलीले उपभोक्तालाई म्याद हेरेर सिलिण्डर किन्न समेत आग्रह गर्ने गरेको छ ।
Tuesday, March 1, 2016
झापाका अधिकांस ग्याँस डिपो मापदण्ड बिपरित
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment