Tuesday, March 1, 2016

‘जनसम्पर्क समिति बेलायतको समर्थन सस्थापन पक्षलाई

काठमाडौ,फागुन १८ । नेपाली जनसम्पर्क समिति बेलायतले नयाँ नेतृत्वको चयनकोलागि हुन लागेको नेपाली काग्रेसको १३ औ महाधिवेशनमा सस्थापन पक्षका उम्मेदवारलाई समर्थन गर्ने घोषणा गरेको छ । समितिले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सस्थापन पक्षबाट रामचन्द पौडेल वा कृष्णप्रसाद सिटौला मध्ये जो उम्मेदवार बने पनि समर्थन रहेको स्पष्ट पारेको हो ।
पत्रकार सम्मेलनमा समितिका संयोजक विज्ञान प्रसाईले भने,‘बरिष्ठ नेता शेरबहादुर देउवा पटक पटक प्रधानमन्त्री भईसकेको टेष्टेड नेता भएकोले उहाँ अभिभावक बनेर बस्नु पर्छ ।’ उनले बेलायतमा बसेर पनि नेपालमा पर्दा सहयोग गर्न आफू सधै तयार भएको दावी गर्दै नेपाली काग्रेसले पुरानो ढर्रा छाडेर नयाँ विचारलाई अघि बढाउनु पर्ने धारणा राखे ।

सल्लाहकार महेशकुमार दाहालले जो पाए त्यही उम्मेदवार बन्ने प्रचलन रोक्न पार्टी भित्र निश्चित मापदण्ड बनाउनु पर्ने भन्दै नेपाली काग्रेसलाई अब नयाँ र नीति प्रधान बनाउनु पर्ने बताए ।
पत्रकार सम्मेलनमा विदेशमा बस्ने नेपालीहरुलाई सौताको जस्तो ब्यवहार नगर्न र दोहोरो नागरिकताको सुनिश्चिता गर्न सहभागिहरुले माग गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts