Tuesday, March 1, 2016

चीनले ३ ठूला पेट्रोलियम पदार्थ भण्डारण ट्यांक बनाइदिने

काठमाडौं,फागुन १९ । चीनले मुलुकका तीन ठाउँमा पेट्रोलियम भण्डारणस्थल निर्माण गरिदिने भएको छ ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका यी भण्डारणस्थलमा ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा यससम्बन्धी सम्झौंता हुने आपूर्ति मन्त्रालयले जनाएको छ । ओली चैत ७ गते चीन भ्रमणमा जाँदैछन् । चीनले नेपाललाई ३ महिलासम्म पुग्ने पेट्रोलियम पदार्थ भण्डारण क्षमता निर्माण गर्ने चासो देखाएपछि आपूर्ति मन्त्रालयले यसको तयारीमा जुटेको छ । यसका लागि मन्त्रालयले काभ्रेको पाँचखाल, तनहुँको आँबुखैरानी र नुवाकोटको बट्टारमा डिपो निर्माणको प्रस्ताव अगाडि सारेको छ ।

कुन क्षेत्रमा कति क्षमताको डिपो स्थापना गर्ने भन्ने अध्ययन गर्न मन्त्रालयले नेपाल आयल निगमलाई निर्देशन दिइसकेको छ । नेपालको अहिलेको भण्डारण क्षमता धेरै कम छ । आजको कारोबार दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts