Tuesday, March 1, 2016

कांग्रेस नेतृत्वमा त्रिकोणात्मक होड : पौडेल,देउवा र सिटौलाको टिम घोषणा आज

काठमाडौं,फागुन १९ । नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि पार्टीका शीर्ष तीन नेताले सभापति पदमा उम्मेद्वारी दिने निश्चित भएको छ । बिहीबार राजधानीमा सुरु हुने पार्टीको १३ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचनमा कार्यबहाक सभापति रामचन्द्र पौडेल, बरिष्ठ नेता शेर बहादुर देउवा र महामन्त्री कृष्ण प्रसाद सिटौलाले सभापति पदमा प्रतिस्पर्धा गर्दै छन् ।

पौडेल र सिटौला पार्टी संस्थापन एवं देउवा इतरसमूहबाट सभापतिमा भिड्न लागेका हुन् । संस्थापन पक्षबाट उपसभापति रामचन्द्र पौडेलले सभापतिमा आफ्नो उम्मेद्बारी बुधबार घोषणा गर्ने भएका छन्। पौडेलले बुधबार आफ्नो प्यानलको समेत घोषणा गर्ने बताइएको छ। उनले भने, ‘महामन्त्रीमा अरू जोसुकै मैदानमा उत्रिए पनि अब मेरो उम्मेदवारी परिवर्तन हुँदैन, यो अन्तिम निर्णय हो।’ देउवा समूहको औपचारिक घोषणा बुधबार हुने जनाइएको छ।

उनले कांग्रेसमा व्याप्त विरासतको राजनीति, एकाधिकार र सानो झुन्डको हालिमुहाली तोड्न आफूले देउवा समूहबाट उम्मेदवारी दिन लागेको तर्क गर्दै संस्थापन पक्षका नाममा दुई-चार जनाले सिङ्गो पार्टी कब्जा गर्न खोजेको आरोप लगाए । आजको नागरिक दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts