काठमाडौं,फागुन १९ । पूर्वयुवराज पारसलाई सुध्रिएको देख्न चाहने उनका शुभचिन्तकहरु फेरि एकपटक निराश भउका छन् । आफूले मागे जति रकम नदिएपछि नातेदारलाई पारसले गतसाता कुटपिट गरेकाले उनका हितौषीहरु निराश हुने स्थिति उत्पन्न भएको हो । प्राप्त जानकारीअनुसार पूर्वयुवराज पारस निकै खर्चालु छन् र उकै महिनामा लाखौंलाख रुपैयाँ खर्च गर्ने क्षमता उनमा रहेको छ । आफ्ना पिता ज्ञानेन्द्रबाट आफ्नो आवश्यकता पूरा नहुने भएपछि नातेदार, साथीभाई र शुभचिन्तकहरुसँग पारसले रकम मागेर काम चलाउने गरेका छन् ।
गतसाता पोखरा पुगेका पारसले मागेजति रकम नदिएका कारण फेवा ताल किनारमा रहेको फिसटेल होटलका राणा थरका मालिकलाई उनको कार्यकक्षमै कुटपिट गरे । जानकारीअनुसार पारसले ती नातेदार होटल मालिकसँग आफ्नो खर्चको लागि २५ लाख रुपैयाँ मागेका थिए । तर, उनले त्यति ठूलो रकम आफूसँग नभएको बताउँदै पाँच लाखसम्म दिन सकिने जानकारी गराए । त्यसपछि क्रुद्व भएका पारसले ‘के म तसँग भिख माग्दैछु ?’ भन्ने प्रश्न गर्दै मुक्का वर्षाएका थिए । आजको घटना विचार साप्ताहिकमा खबर छ ।
Tuesday, March 1, 2016
सुध्रिएनन् पारस,फेरी अर्को उदण्डता:होटल मालिकमाथि मुक्का
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment