Sunday, March 27, 2016

पाइरेसीमा पर्‍यो पशुपतिप्रसाद

चैत्र १४, २०७२-
व्यवसायिक रूपमा सफल चलचित्र ‘पशुपतिप्रसाद’ को पाइरेसी भएको छ । चलचित्रको सेन्सर कपी नै पाइरेसी भएको बताइन्छ ।

चलचित्र जाँचपासको अधिकारप्राप्त निकाय सेन्सर बोर्डलाई चलचित्रको सेन्सरका लागि कुनै पनि चलचित्रले ‘वाटरमार्क’ सहित चलचित्र बुझाउँछन् । बताइएअनुसार ‘पशुपतिप्रसाद’ ले सेन्सर बोर्डका लागि प्रदान गरेको फाइल नै पाइरेसी भएको हो । चलचित्रको सेन्सर कपी नै पाइरेसी भएको पाइएपछि चलचित्र क्षेत्रकै विकास, विस्तार एवं प्रगतिमा लाग्ने भनिएको सरकारी निकाय सेन्सर बोर्डमाथि नै प्रश्न उठेको छ । पाइरेसीले सेन्सर बोर्ड सदस्य, सेन्सरमा काम गर्ने प्राविधिक तथा पोस्ट प्रोडक्सन स्टुडियोप्रति शंका उब्जाएको छ ।

-saptahik

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts