विजय थापा ,वाशिंगटन डिसी
अमेरिकाको पेनसेलभेनिया राज्यमा दशकौ देखि आफुलाई अधिकारिक अधिवक्ता भनि काम गर्दै आएकी महिला वकिललाई पेनसेलभेनिया राज्यको हन्टिंगडन काउन्टी बाट पक्राउ गरिएको छ l उक्त काउन्टीकि पूर्व अधिवक्ता संघकि अध्यक्ष समेत रहेकी भनिएकी अमान्य तथा अवैध वकिलले नक्कली कागजात पेस गरि एउटा ख्याती प्राप्त वकिल भनि दावा समेत गरेकी थिइन् l
किम्बर्ले किचेन नाम गरेकी किर्ते वकिललाई गत बिहिबार जालसाजी ,अनधिकृत वकिल पेसाको अभ्यास ,आपराधिक कार्यमा हन्टिंग डन काउन्टीमा प्रवृतिमा संलग्न भएकोले दोषी ठहराईए मुद्धाको प्रक्रिया अगाडी बढाईएको छ l
४५ बर्षिय किचेनले बिएमजे हन्टिंगडन व्यवसाय कानुनलाई झुक्याएको ,किर्ति प्रमाण पत्र ,कानुन ब्यबसाय परीक्षा को परिणाम तथा उनका बिधुतिय पत्राचारबाट पुस्टि भएको छ l यसको साथै उनले डु क़ुएन्स कानुन बिश्व बिधालयमा भाग लिएको तथा राज्यको अधिवक्ता दर्ता शुल्क समेत प्राप्त भएको वादीले बताएको कुरा हन्टिंगडन दैनिक समाचारमा छ l
उनको यो मुद्धा दायर गर्न आफ्नो काउन्टी बाट नभै अर्को काउन्टी बाट ल्याउनुको साथै राज्यका महा न्यायाधिवक्ताले न्यायाधिसको समक्ष मुद्धा पुर्याईएको थियो l उनले आफ्नो काउन्टीमा धेरै बर्ष देखि काम गरि रहेकोले न्यायालयशालामा किचेनले सरल संग समाल्ने हुँदा यसो गरिएको हो भनि उल्लेख छ l किचेनले जुनियेटा कलेजको लागि आर्थिक कोष वृद्धि गर्ने काम गरेको भन्दै मानिसलाई राज्य अधिवक्ता समेत किचेनले भनेको वादीले बताएका छन् l
किचेन को तर्फका वकिल क्यारोलिन रोबर्टले यस बारेमा अदालतमा पुनर्विचारको लागि आग्रह गर्ने कि नगर्ने भनि समिक्षा गरि रहेको बताएको हन्टिंगडन दैनिक समाचारमा छ l न्यायाधिसले हाल कुनै समय न तोकी ९० दिन सम्मको लागि दर्ता पेस गर्ने अवधि दिएका छन् l किचेनलाई पेशामा रोक लगाएकोले डिसेम्बर २०१४ देखि अधिवक्ता पेशा गर्न बन्द गरेकी थिइन् l
तस्बिर : सेली डिईत्जले ,एपी
No comments:
Post a Comment