Sunday, March 13, 2016

बन्द क्यासिनोलाई बक्यौता तिर्न अन्तिम मौका

काठमाडौं,चैत १ । सरकारले बक्यौता तिर्न अटेर गरेका क्यासिनो सञ्चालकका लागि अन्तिम मौका दिने भएको छ ।संस्कृति, पर्यटन, तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत पर्यटन विभागले ३५ दिन भित्र तिर्न नआए कानुबमोजिम कानुन बमोजिम कारवाही गर्न अर्थ मन्त्रालय अन्तर्गत कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यलयलाई सिफारिस गर्न जानकारी दिएको आजको कारोबार दैनिकमा समाचार छ ।

नेपालमा यस अघि सञ्चालनमा रहेका ९ वटा क्यासिनोको बक्यौता तथा जरिवानागरी झण्डै १ अर्ब रुपैयाँ हाराहारीमा उठ्नु पर्नेछ । जसअनुसार क्यासिनो नेपालको सबैभन्दा बढी २६ करोड ६८ लाख, क्यासिनो फूलबारीको १६ करोड ८ लाख , अन्नाको १५ करोड २६ लाख, रोयलको ४ करोड, एभरेष्टको १ करोड ७१ लाख भेनस ३५ लाख, र्‍याडको ३३ लाख, ताराको २९ लाख रहेको छ ।सरकारले क्यासिनोहरुले बक्यौता नतिरेपछि बन्द गरेको थियो । हालसम्म पन क्यासिनोहरुले बक्यौता तिर्न अटेर गर्दै आएका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts