काठमाडौं,चैत १३ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले थप २ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ। रौतहट मतसरी ५ का राजीवकुमार झा र बारा बहुअरी ४ का पृथ्वीनारायण यादवलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ । अप्रेसन क्वाक अन्र्तगत नक्कली प्रमाणपत्र पेश गरेर उनीहरुले मेडिकल काउन्सिलमा परीक्षा दिन आएका थिए।
त्यही बखत सिआइबीले उनीहरुलाई पक्राउ गरेको हुन्। झाले सन २००६ मा भारतको विहारबाट सेकेन्ड डिभिजनमा फिजिक्स र केमेस्ट्रिको विषयमा बढी नम्बर थप गरेको र चीनबाट एमबीबीएस अध्ययन गरी नेपालामा इन्टरसिपसमेत गरेको भन्दै प्रमाणपत्र काउन्सिलमा पेश गरेका थिए। उनी काउन्सिलले लिने चिकित्सक दर्ता प्रमाणपत्रको परीक्षामा १२ पटकसम्म फेल भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ। यादव पनि चिकित्सक दर्ता प्रमाणपत्रका परीक्षामा १३ पटक फेल भएको प्रहरीले जनाएको छ।
सेतोपाटी
No comments:
Post a Comment