Saturday, March 26, 2016

चीन भ्रमणमा रहेका प्रधानमन्त्रीद्वारा भूकम्प स्मारक र संग्रहालयको अवलोकन

चीन,चैत १३ ।  चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सिचुवान प्रान्तस्थित छेन्दु सहरमा रहेको भूकम्प स्मारक र संग्रहालयको अवलोकन गर्नुभएको छ । सन् २००८ मे १२ मा ७ दशमलव ९ रिक्टर स्केलको भूकम्प गएको केन्द्रबिन्दुमा पुगी प्रधानमन्त्री ओलीले भूकम्पबाट ज्यान गएका नागरिक तथा जनसेवाका जवानप्रति श्रद्धाञ्जलिस्वरुप पुष्पार्पण गर्नुभयो । भूकम्पबाट भग्नावशेष बनेको एक पाँचतले विद्यालयको पनि प्रधानमन्त्रीले अवलोकन गर्नुभयो । विद्यालय आठ वर्षपछि पनि उस्तै अवस्थामा पाइएको थियो ।

प्रधानमन्त्री ओलीसहितको भ्रमण दलले भूकम्पको केन्द्रबिन्दुस्थित संग्रहालयमा रहेका भूकम्पको विनाशसम्बन्धी विवरण, उद्धार र पुनःनिर्माणसम्बन्धी जानकारी लिनुभयो । चीन सरकारको तदारुकताका कारण त्यहाँ तीन वर्षभित्रै पुननिर्माण सम्पन्न भएको स्थानीय अधिकारीले अवगत गराउनुभएको थियो । प्रधानमन्त्री ओलीले शनिबार जिपिङपुस्थित ७ सय ७० मेगावट क्षमताको जलविद्युत आयोजनास्थल पुगी त्यहाँको आयोजनाको विकासबारे जानकारी हासिल गर्नुभयो । आयोजनाले दश लाख हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउँछ भने दुई करोड ६० लाख नगारिकलाई प्रत्यक्ष लाभ दिइरहेको छ ।

प्रधानमन्त्री ओलीले शनिबार नै डुजिगाङस्थित दुर्लभ पान्डा संरक्षण केन्द्रमा पुगी अवलोकन गर्नुभयो । पान्डाको आहारा बाँसका लागि त्यहाँ संरक्षित घना बाँसघारीको पनि टोलीले अवलोकन गरेको छ । प्रधानमन्त्री ओली आइतबार छेन्दुबाट स्वदेश फर्कने कार्यक्रम छ । रासस

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts