Saturday, March 26, 2016

बौद्धको सफाइमा जुट्यो नयाँ शक्ति

काठमाडौं,चैत १३ । हरियाली काठमाडौँ, सफा काठमाडौँ’ भन्ने नाराका साथ २४ हप्ते काठमाडौँ सफाइ अभियान सुरु गरेको नयाँ शक्ति नेपालले आज विश्व सम्पदा स्थल बौद्ध क्षेत्रको सफाइ गरेको छ। चैत ६ गते शनिबार विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रबाट सुरु भएको अभियानको दोस्रो साता आज बौद्ध क्षेत्रको सफाइ गरिएको हो। काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्ध स्तुपबाट गोकर्णेश्वर नगरपालिकाको जोरपाटी चोकसम्म गरिएको सहर सफाइबाट पाँच ट्रक फोहर निकाली व्यवस्थापन गरिएको अभियानकर्मी नीरज लामाले जानकारी दिए।

कार्यक्रमको शुभारम्भ गर्दै नयाँ शक्तिका सचिवालय सदस्य गङ्गानारायण श्रेष्ठले उपत्यकालाई सफा बनाउने २४ हप्ते कार्यक्रमअन्तर्गत दोस्रो साता बौद्ध क्षेत्रको सफाइ गरिएको बताए। ‘अर्को हप्ता विश्व सम्पदा सूचीमा सूचीकृत पाटन क्षेत्रको सफाइ गरिनेछ, क्रमशः उपत्यकामा रहेका विश्व सम्पदा क्षेत्रको सफाइ गरी सहर सफा गर्न जुट्नुपर्छ भन्ने सन्देश प्रवाह गर्नेछौं’, उनले भने।

सफाइमा स्थानीयवासीको उत्साहजनक सहभागिता थियो। दुई वर्षअघि वागमती सफाई महाअभियान सुरु गरेर वागमतीको शुद्धीकरणमा योगदान पुगेजस्तै काठमाडौँलाई आदिकवि भानुभक्तको शब्दमा ‘अमरावती कान्तिपुरी नगरी’ बनाउन जनचेतना जगाउने उद्देश्यले अभियान सुरु गरिएको अभियानकर्मी लामाले राससलाई जानकारी गराए।
-सेतोपाटी

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts