कोलकाता,चैत १३ । न्युजिल्याण्ड विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिवार भएको खेलमा बंगलादेशलाई ७५ रनले पराजित गर्दै न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको हो । कोलकाताको इडन गार्डनमा भएको खेलमा न्युजिल्याण्डले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेश १५.४ ओभरमा मात्र ७० रनमा अलआउट भयो । न्युजिल्याण्डको कसिलो बलिङविरुद्ध बंगलादेशका तीन खेलाडीले मात्र दोहोरो अंकमा रन बटुल्न सके । सुभगाता होमले सर्वाधिक १६ रन बनाए भने मोहमद मिथुन र सबिर रहमानले क्रमशः ११ र १२ रन बनाए ।
न्युजिल्याण्डका लागि ग्रान्ट इलियट र इश सोधीले ३–३ विकेट लिए । यसअघि, टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४५ रन बनायो ।
न्युजिल्याण्डका कप्तान केन विलियम्सनले सर्वाधिक ४२ रन बनाए भने कोलिन मुनरोले ३५ रन बनाउँदै उनलाइ राम्रो साथ दिए । त्यस्तै रस टेलरले २८ रन बनाए । न्युजिल्याण्डका अन्य ब्याटसम्यानले पनि दोहोरो अंकमा रन जोड्न सकेनन् । बंगलादेशका लागि मुस्तफिजुर रहमानले ५ विकेट लिए भने अल अमिन होसेनले २ विकेट लिए ।
No comments:
Post a Comment