Sunday, March 20, 2016

कसरी गाउँसम्म पुग्दै छ पुनर्निर्माण प्राधिकरण ?

काठमाडौं,चैत ८ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नो सेवालाई गाउँस्तरसम्म पुर्याउन उपक्षेत्रीय कार्यालय र स्रोतकेन्द्र स्थापनाको गृहकार्य थालेको छ । केन्द्रमा कर्मचारी व्यवस्थापनामा समस्या झेलिरहेको प्राधिकरणले उपक्षेत्रीय कार्यालय र स्रोतकेन्द्र स्थानपनाको गृहकार्य थालेको हो । यद्यपि, उपक्षेत्रीय कार्यालय र स्रोतकेन्द्र स्थापना गर्न भने प्राधिकरणलाई निकै समय लाग्ने देखिएको छ ।

भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्ने उद्देश्यले स्थापना गरिएको प्राधिकरणको कामकारबाही चुस्त देखिन सकेको छैन । प्राधिकरणका प्रवक्ता सहसचिव सुरेश अधिकारीले केन्द्रमा जनशक्ति व्यवस्थापन समस्याका बाबजुद उपक्षेत्रीय कार्यालय र स्रोतकेन्द्रहरु स्थापनाको गृहकार्य थालेको जानकारी दिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts