विजय थापा ,वाशिंगटन डिसी
अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनासस शहरमा गत मार्च २० तारिख लक्ष्मी प्रतिष्ठानकागतिबिधिहरुको प्रस्तुति संजाल विस्तारका लागि आयोजना गरिएको अन्तर क्रिया कार्यक्रममा डिसी क्षेत्रका नेपाली समुदायको बाक्लो उपस्थितिमा भव्यताको साथ सम्पन्न भएको छ l
थोरै वक्तालाई मन्तब्य राख्न दिने र धेरै कुरा लक्ष्मी प्रतिष्ठानका संस्थापक बिष्णु गौतमको सुन्ने छौ भन्ने जानकारी साथ सुरु गरिएको कार्यक्रम १ मिनेट मौन धारण ,नेपाली राष्ट्रिय गान तथा स्थानीय कलाकार खेम संग्रौलाले भक्त राज आचार्यको जहाँ छन् बुद्धका आँखा ,स्निग्ध शान्त र सुन्दर.त्यहाँ छ शान्तिको क्षेत्र गीत सुनाए पछि औपचारिक कार्यक्रम सुरुवात गरिएको थियो l
लक्ष्मी प्रतिष्ठानको संक्षिप्त परिचय कार्यक्रम संचालक दधि राम ढुंगानाले गरेका थिए l यसै गरि कार्यक्रम ब्यबस्थापनको संयोजनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने राम बस्यालले बिष्णु गौतमको छोटो परिचय दिदै कसरि संस्थापक गौतम संग सम्पर्क हुन् गयो र यस संस्था संग कसरि आबद्ध भए भनि छोटकरीमा बताएका थिए l
कार्यक्रमको सभापतित्व ब्यबसायी तथा समाजसेवी राजिव मैनालीले गर्नु भएको थियो भने प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की तथा बिशेष अतिथिमा लक्ष्मी प्रतिष्ठानका संस्थापक बिष्णु गौतम हुनु हुन्थ्यो l
उक्त कार्यक्रममा लक्ष्मी प्रतिष्ठानको वृतचित्र प्रदर्शन गरिएको थियो भने डिसी महानगर क्षेत्रका केहि सिमित संघ तथा संस्थाको तर्फबाट गैर आवासीय नेपाली सघ भर्जिनिया शाखाका सभापति मुक्ति दवाडी ,अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष पदम रेग्मी , नेपाल अमेरिका परिचारिका समाजकि अध्यक्ष मंजु संग्रौला ,राजन घिमिरेको साथै आकृति खनालले लक्ष्मी प्रतिष्ठान तथा बिष्णु गौतम बारेमा बोलेका थिए l
-enepalese.com
No comments:
Post a Comment