Thursday, March 24, 2016

सामूहिक रुपमा यौनसम्पर्क राख्न ‘अस्वीकार गरेपछि’ युवतीको हत्या

महानगरीय प्रहरी अपराध महाशाखाले एक युवतीको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेको छ। एक जना भने फरार रहेका छन्। धनकुटा घर भई काठमाडौंको कपनमा बस्दै आएकी २० वर्षकी सितल सुब्बा (नाम परिवर्तन) को हत्यामा सम्लग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं बौद्धका शनि लामा,सजित लामा र  मोरङ पथरी घर भई थलीमा बस्दै आएका राजन राईलाई पक्राउ गरिएको एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए। युवतीको शव फागुन १४ गते भक्तपुरको नगरकोटमा भेटिएको थियो।
कसरी भयो हत्या ?
राजन राई र मृतक सुब्बाबीच तीन महिनाअघि मात्र फेसबुकमार्फत चिनजान भएको प्रहरी अनुसन्धानबाट खुल्न अाएको छ।  गत फागुन ८ गते दिउँसो बौद्ध गेटमा राजन राई र सुब्बाबीच भेट भएको थियाे। भेट हुदाँ उनको हत्यामा सम्लग्न अरु दुई जना पनि सँगै  थिए।
पछि राजनले सुब्बालाई फोनबाट बोलाएर लाजिम्पाट लगेका थिए। जहाँ उनको साथीको अपार्टमेन्ट थियो। अपार्टमेन्टमा राजन र सुब्बा पुग्दा शनि, सजित र अर्का एक जना पनि कोठामा थिए। उनीहरुले रमाइलो गर्ने नाममा मादक पदार्थ सेवन गरेको डिएसपी दीपक रेग्मीले बताए।
सुब्बासहित पाँच जना नै नशामा लठ्ठ रहेको खुल्न आएको छ। त्यसपछि राजनसँग सुब्बाले सहमतिमा नै यौनसम्पर्क राखेको र पछि बाँकी रहेका तीन जना साथीले पनि यौनसम्पर्क गर्न खोज्दा नमानेपछि सुब्बाको हत्या भएको रेग्मीले बताए।
बाथरूममा धकेलाधकेलको स्थिति भएको र उनी झ्यालबाट खस्न पुगेको उनले बताए। त्यसपछि घटनाभएकै दिन उनीहरुले गाडीमा राखेर भक्तपुरमा लगेर राति १ बजेतिर फालेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।
अाराेपी तीनमध्ये दुई जना भारतबाट पक्राउ परेका हुन्। उनीहरुलाई त्यहाँको प्रहरीको समन्वयमा काठमाडौं ल्याइएको हो। मृतकका आफन्तले भने सुब्बालाई झ्यालबाट खसालेर मारेको दाबी गरेका छन्। सुब्बाको एउटै खुट्टा दुई स्थानमा  र कम्मर पनि भाँचिएको छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts