Monday, March 7, 2016

महिला दिवस-‘संविधानलाई व्यवहारमा उतारौं, महिला अधिकार सुरक्षित गरौं’

काठमाडौं,फागुन २५ ।   संविधानलाई व्यवहारमा उतारौं, महिला अधिकार सुरक्षित गरौं भन्ने नारा सहित आज नेपालमा अन्तर्राष्ट्रिय महिला दिवस मनाईंदै छ । संयुक्त राष्ट्र संघले भने यस बर्षको नारा लैंगिक समानताका लागि पाईला हाराहारी, सन् २०३० सम्म हिंसा बराबरी राखेको छ । महिला दिवसको अवसरमा आज काठमाडौं सहित देशभर विभिन्न कार्यक्रम गरिंदैछ ।

सन् १८५७ को मार्च ८ मा अमेरीकामा ‘गार्मेन्ट महिलाहरुको हडताल’को संझनामा महिला दिवस मनाउने प्रचलन सुरु भएको हो । त्यस समय हडतालको मूख्य माग कामको समय १० घन्टा गरिनु पर्ने, बालश्रम बन्द हुनु पर्ने र महिला मताधिकार हुनु पर्ने रहेको थियो । जुन समयमा महिलाहरुलाई १८ घण्टा काममा लगाइने गरिन्थ्यो ।

सन् १९०८ मा ‘अन्तर्राष्ट्रिय महिला गार्मेन्ट यूनियन’को आयोजनामा अमेरीकी महिलाहरुले गरेको हड्तालको सम्मानमा अमेरीकाकै म्यानहटनमा ३० हजारको महिला र्यालि सहित पहिलो पटक ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाईयो थियो

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts