Monday, March 7, 2016

महामन्त्री र कोषाध्यक्षसहित बाँकी पदको मतगणना अपरान्ह १ बजेबाट

काठमाडौं,फागुन २५ । पार्टी सभापतीको छिनोफानो लगाएको नेपाली कांग्रेसले महामन्त्रीसहित सबै पदको मतगणना अपरान्ह १ बजेबाट सुरु गर्ने भएको छ । पार्टी सभापतीमा रामचन्द्र पौडेललाई पराजित गर्दै शेर बहादुर देउवा बिजयी भएपछि देउवा पक्ष बाँकी परिणाम पनि आफ्नो पक्षमा आउने आशामा उत्साहीत बनेको छ । उता कोइराला खलकबाट महामन्त्री उम्मेदवार बनेकै कारण विजयी हुने आशामा शशांक कोइराला पक्षको पौडेल खेमा छ ।

महामन्त्रीमा देउवा प्यानलबाट उठेका ससुरा अर्जुन नरसिँह केसी र सिटौला प्यानलका उम्मेदवार ज्वाई गगन थापा बिचको प्रतिस्पर्धा झनै रोचक छ । त्रिकोणात्मक प्रतिस्पर्धाको छिनोफानो समयमै मतगणना सुरु गरिए साँझ सम्ममा टुंगो लाग्ने छ ।

कांग्रेसको निर्वाचन समितिले अब महामन्त्री, कोषाध्यक्ष र केन्द्रीय सदस्यहरुको मत गणना सुरु गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा हुने मतगणनामा महामन्त्री र कोषाध्यक्षको मत परिणाम साँझसम्म आइसक्नेछ भने त्यसपछि क्रमश केन्द्रिय सदस्यहरुको आउनेछ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts