Friday, March 11, 2016

चीनले भन्यो – पाइपलाइनबाट कच्चा तेल लगेर प्रशोधन गर्नुस्

काठमाडौं,फागुन २९ । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा इन्धन खरिद सम्झौता हुने अपेक्षा गरिएको छ । नेपालले कुन खपतको ३० प्रतिशत प्रशोधित इन्धन आयात तयारी गरिरहँदा चीनले कच्चा तेल लगेर प्रशोधन गर्न सुझाव दिएको छ । त्यसका लागि पाइपलाइनमार्फत कच्चा तेल दिने र प्रशोधन केन्द्र निर्माणमा सघाउने चीनको प्रतिवद्धता छ ।

चीनबाट इन्धन खरिद सम्भावना खोज्न पटकपटक गएको नेपाली टोलीलाई चिनियाँ अधिकारीले कच्चा तेल लगेर प्रशोधन गर्न सुझाव दिएका हुन् । चारपटकसम्म चीन पुगेका आयल निगमका निमित्त नायव प्रवन्धन निर्देशक सुशील भट्टराईले प्रशोधित तेल आयात सम्भावना खोज्न गए पनि चीनले कच्चा तेल लगेर प्रशोधन गर्न सुझाव दिएको बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts