Friday, February 5, 2016

वीरगन्ज नाकामा फेरि धर्नामा बस्ने मोर्चाको चेतावनी

काठमाडौं,माघ २३ । तमलोपा महामन्त्री जितेन्द्र सोनलले पुनः वीरजन्ज नाकामा धर्नामा बस्ने चेतावनी दिएका छन्। वीरगन्ज नाकाबाट धर्नाकारीलाई जबर्जस्ती हटाइएको छ, हामी फेरि धर्नामा बस्छौँ, उनले भने।  मोर्चाको जनपरिचालन समिति पर्साका संयोजक प्रदीप यादवले पनि फेरी धर्नामा बस्ने बताए।

ुजनताको आन्दोलनमा तस्कर र प्रैहरी मिलेर गरेको हस्तक्षेप सहृय हुँदैन,उनले भने,‘जनतालाई लिएर फेरि बस्छौँ। उता,  प्रहरीले भने यातायातको चाप व्यवस्थित गर्न थालेको छ। रक्सौलमा रोकिएका मालबाहक ट्रक, डम्पर, ट्रयाक्टर कन्टेनगरलगायतकका सवारी साधनलार्इ व्वस्थित रुपमा आआफ्नो गन्तव्यमा पठाइएको प्रहीले जनाएको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ। पर्साका प्रहरी उपरीक्षक राजबाबु श्रेष्ठले आवागमनमा कुनै समस्या नभएको बताए।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts