Friday, February 5, 2016

सागको प्रचारप्रसारमा अन्तर्राष्ट्रिय प्रचलनविपरीत वरिष्ठ नेताहरुको फोटो

काठमाडौं,माघ २३ ।  भारतको गुवाहाटीमा शुक्रबारदखि सुरु भएको दक्षिण एसियाली खेलकुद सागको १२ औं संस्करणको प्रचारप्रसारमा अन्तर्राष्ट्रिय प्रचलनविपरीत वरिष्ठ नेताहरुको फोटो राखेर गरिएको छ । सहरका विभिन्न स्थानमा राखिएको होर्डिङबोर्ड र फ्लेक्सहरुमा प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो देखिएको अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

त्यस्तै, आसामका मुख्यमन्त्री तरुण गोगी, आयोजक प्रमुख सर्वानन्द सोनोवल, भारतीय ओलम्पिक कमिटीका अध्यक्ष आर रामचन्दन र महासचिव राजीव मेहेताको फोटो भएका होर्डिङबोर्ड र फ्ल्याक्स राखिएका छन् । तीनपटकको स्थगनपछि भारतले गुवाहाटी र सिलोङमा सागको आयोजना गरेको हो । प्रतियोगिता सम्पन्न गर्न केन्द्र सरकारले ५० करोड बजेट विनियोजन गरेको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts