Wednesday, February 10, 2016

कोइरालाको शवयात्रामा धमलाको हमला,रंगशालामा चुरिफुरी बेग्लै (फोटोफिचर)

काठमाडौं,माघ २७ । पूर्व प्रधानमन्त्री सुशील कोइरालाको बुधबार राजकीय सम्मानका साथ पशुपति आर्घाटमा अन्त्येष्टि गरियो। त्यसअघि हिजैदेखि दशरथ रंगशालामा राखिएको शव सेनाको विशेष किसिमले सजाइएको ट्रकमा राखी शवयात्रा गरिएको थियो। शवयात्राका क्रममा चीरपरिचित अनुहार ऋषि धमला पनि देखिए जो आजभोलि धमलाको हमला कार्यक्रमबाट पनि चर्चामा छन्। रंगशालामा उनको चुरिफुरी बेग्लै थियो।
शवयात्रा सुरु भएपछि उनी सैनिक ब्यान्ड चढेको ट्रकमा नै चढेर गए। उनी जस्तो प्रख्यात व्यक्तित्व हिँड्ने कुरा भएन होला नि त। अनि फेरि उनलाई रोक्ने कसले? विशिष्ट व्यक्तिसँगै उनले पनि चितामा राखिएको कोइरालाको शवमा अन्तिम श्रद्धाञ्जलि व्यक्त गरे। जसले जति आलोचना गरे पनि उनको पावर यी फोटोले देखाइदिएकै छन्, छैन र ?

dha dha1 dha2
-साभार माईसंसार

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts