Thursday, February 11, 2016

कोइरालाको निधनमा संसदद्वारा शोक प्रस्ताव पारित

काठमाडौं,माघ २८ । ब्यवस्थापिका संसदले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनमा शोक प्रस्ताव पारित गरेको छ। बिहीबार बसेको संसदको बैठकले संविधान निमार्णमा नेतृत्वकारी भूमिका खेलेको स्मरण गर्दै शोक प्रस्ताव पारित गरेको हो। पूर्व प्रधानमन्त्री कोइरालाको माघ २६ गते राति निधन भएको थियो। बुधबार उनको राजकीय सम्मानका साथ अन्त्येष्टी गरिएको थियो।

‘२०४८ र २०५६ सालको प्रतिनिधिसभाका सदस्य, २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बाके क्षेत्र नं ३ र चितवन क्षेत्र न ४ बाट निर्वाचित सदस्य, ब्यवस्थापिका संसदमा प्रमुख प्रतिपक्ष दलका नेता, नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री, नेपालको संविधान निमार्ण गर्ने अभियान र संविधान संशोधन प्रक्रियामा तत्कालीन प्रधानमन्त्रीको हैसियतले नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएका सादा जीवन र स्वच्छ छविका माननीय सुशील कोइरालको मिति २०७२ माघ २६ गते बिहान १२:५० बजे ७७ वर्षको उमेरमा असमायिक निधन भएकोमा ब्यवस्थापिका संसदको बैठक गहिरो शोक प्रकट गर्दछ र उहाँको दिवगंत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदन प्रकट गर्दछ’, पारित शोक बक्तव्यमा भनिएको छ। बैठकमा कोइरालाको सम्मानमा १ मिनेट मौन धारण पनि गरिएको छ । सोसँगै ब्यवस्थापिका संसदको अर्को बैठक फागुन ४ गते बस्ने गरी स्थगित भएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts