Wednesday, February 10, 2016

यादव भन्छन्-मधेस विरोधी संविधान जारी गर्ने कोइराला बिते,अब अर्काको पतन हुन्छ’

काठमाडौं,  माघ २७ । मोर्चाका प्रमुख नेता एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दिगंवत कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालामाथि गम्भीर आक्षेप लगाएको छ । कोइरालाको निधन भएको दोस्रो बारा जिल्ला पुगेर उनीमाथि मधेस विरोधीको आक्षेप लगाएका हुन् । बुधबार बारामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यादवले मधेस आन्दोलनले शासकहरुको ढाड भाची सकेको र अब ढल्न मात्र बाँकी रहेको बताए । ‘मधेस विरोधी संविधान जारी गर्ने सुशील कोइराला वित्नुभयो’, नेता यादबले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै भने– ‘अब अर्काको पतन हुन्छ ।’ कोइरालाको निधनलाई उनले आफ्नो विजयी समेत ठाने । २ सय बर्षदेखि शोषित रहेका मधेस, पहाड हिमालका जनताले अधिकार नपाएसम्म आन्दोलन जारी राख्ने बताए ।

नेता यादवले भने– ‘आन्दोलन तुहियो भनेर शासकहरु रमाइ रहेका छन्, तर अगामी दिनमा मधेसमा मात्र नभई पहाडमा पनि भीषण आन्दोलन हुन्छ ।’ आन्दोलन समाप्त नभएको बताउदै उनले स्वरुप मात्र परिवर्तन गरेको स्पष्ट पारे ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts