Sunday, February 21, 2016

सिरियाको विष्फोटमा १ सय ४० जनाको मृत्यु

एजेन्सी,फागुन १० । सिरियामा भएको पछिल्लो शक्तिशालि बम विस्फोटमा परि कम्तिमा १ सय ४० जनाको ज्यान गएको छ । सिरियाको होम्स र दमासकसमा भएको यस्ता विस्फोटमा परि अन्य सय बढी व्यक्ति घाइते भएका छन् ।

दमासकसमा भएको चारवटा विस्फोटमा कम्तिमा ८३ जनाको र होम्समा भएको विस्फोटमा ५७ जनाको मृत्यु भएको सिरियाली अधिकारीहरुले जनाएका छन् । अतिवादी ईस्लामिक संगठन आइएसले यस्तो आतंककारी घटनाको जिम्मा लिएको छ । मृत्यु हुनेमा अधिकाशं सर्वसाधारण नागरिक छन् ।

आइएसले मुस्लिम अल्पसंख्यक समुदायलाई निशाना बनाएर विस्फोट गराएको र दमास्कसको साइद अजाइन शिया मुसलमानको सबैभन्दा पवित्र ठाउँ भएको बताइएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts