Sunday, February 21, 2016

राष्ट्रिय जनमोर्चाको अध्यक्षमा केसी पुनः निर्वाचित

काठमाडौं,फागुन १० । राष्ट्रिय जनमोर्चाको राष्ट्रिय सम्मेलनबाट चित्रबहादुर केसी पुनः अध्यक्षमा निर्वाचित भएका छन् । रुपन्देहीको बुटवलमा आइतबार राति सकिएको तेस्रो राष्ट्रिय सम्मेलनले केसीलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। ‘संविधान लागू गरौं, संघीयता खारेज गरौं’ भन्ने नाराका साथ शुक्रवारदेखि रुपन्देहीको बुटवलमा सुरु भएको जनमोर्चाको सम्मेलन आइतबार राति सकिएको हो।

सम्मेलनले कार्यकारी अध्यक्षमा रश्मीराज नेपाली, उपाध्यक्षमा बद्रे आलम र दुर्गा पौडेल, महासचिवमा जनकराज शर्मा, सचिवमा हेमलाल पुरी, कोषाध्यक्षमा ओमबहादुर केसीलाई निर्वाचित गरेको छ । एकतीस जना केन्द्रीय सदस्य निर्वाचित भइसकेपछि केन्द्रीय सदस्यले पदाधिकारी निर्वाचित गरेका हुन् । सम्मेलनले छ जना वैकल्पिक सदस्य, छ जना सल्लाहकार र २०० सदस्यीय राष्ट्रिय परिषद् पनि गठन गरेको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts