Sunday, February 21, 2016

सभापतिका लागि आफूलाई मत माग्न थालेका सिटौलाले भोली उम्मेदवारी घोषणा गर्ने

काठमाडौं,फागुन १० । नेपाली कांग्रेसको सभापतिका लागि आफूलाई मत माग्न थालेका महामन्त्री कृष्णप्रसाद सिटौलाले मंगलबार सभापतिमा आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गर्ने तयारी थालेका छन् । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा नेतृत्वको जननिर्वाचित सरकारलाई अपदस्थ गरी तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिएपछि भएको आन्दोलनमा अन्तर्राष्ट्रिय समर्थन जुटाउन सिटौलाको महत्वपूर्ण भूमिका खेलेका सिटौलाले सभापतीको लागि आफ्नो दाबेदारी घोषणा गर्ने भएका हुन् ।

उनका स्वकीय सचिव प्रेम भट्टराईका अनुसार सिटौलाले भोलि ११ गते बस्ने केन्द्रीय समिति बैठकलगत्तै सभापति पदको उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्नेछन् । तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले सिटौलालाई गृहमन्त्री हुँदै उपप्रधानमन्त्रीसम्म बनाएका थिए । त्यसपछिका पार्टी सभापति सुशील कोइरालाले पनि उनलाई सम्पूर्ण भूमिकासहितको महामन्त्री पदको जिम्मेवारी दिएका थिए । ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts