Saturday, February 13, 2016

बजार कालोबजारीकै कब्जामाः नाका खुल्यो, पेट्रोलपम्प खुलेनन्

काठमाडौं,फागुन २ । भारत, बरौनी डिपोबाट माघमा मात्र जोगबनी नाका हुँदै ८ सय ६१ ट्यांकर डिजेल, २ सय ६७ ट्यांकर पेट्रोल र २ सय ८ बुलेट ग्यास भित्रिएको छ। त्यही अबधिमा विराट पेट्रोलले पनि जोगबनी नाकाबाट १२ ट्यांकर पेट्रोल आयात गरेको छ। तर बजारमा भने पेट्रोलियम पदार्थको हाहाकार कायमै छ। किन? व्यवसायी भन्छन्–बजार कालोबजारीकै हातमा छ, यो खोस्न कम्तीमा चार महिना लाग्छ।

‘४ महिनादेखि कालोबजारियाको हातमा रहेको पेट्रोलियम पदार्थको बजार खोस्न समय लाग्छ, एक तेल व्यवसायीले भने–इन्धनको कालोबजारको तार धेरैतिर जोडिएको छ, त्थ्यसैले पनि आपूर्तिमा सहज भएपनि उपभोक्ताले सजिलै पेट्रोलियम पदार्थ पाएका छैनन्।’

पेट्रोलियम व्यवसायीका अनुसार माघ महिनामा मात्र एउटै नाका जोगबनीबाट आयात भएको पेट्रोलियम पदार्थको परिणाम सहज वितरण गरिए कोसी–सगरमाथामा महिनौंलाई फालाफाल हुन्छ। उच्च परिणाममा पेट्रोलियम पदार्थ आयात भए पनि बजारमा इन्धनको हाहाकार कायमै छ। नागरिक दैनिकमा समाचार छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts