Saturday, February 13, 2016

ठगी गर्ने म्यानपावर कम्पनी माथिको कारवाही अन्योलमा

काठमाडौं,फागुन २ । वैदेशिक रोजगारमा जाने कामदारसँग बढी रकम लिएर थोरै रुपैयाँको रसिद दिने म्यानपावर कम्पनीमाथिको कारवाही अन्योलमा परेको छ । श्रम मन्त्रालय र विभागका कर्मचारीको इच्छा शक्ति बलियो नहुदाँ ठगी गर्ने म्यानपावर कम्पनी माथिको कारवाही अन्योलमा परेको छ । विभागले १ सय म्यानपावर कम्पनीको सुची मागको तेस्रो सातामा ल्याउने र फागुनभित्रै कारवाही गर्ने भनाई पनि हावादारी साबित भएको छ ।

विभागको म्यानपावर कम्पनी माथिको अनुगमन पनि कामदार भन्दा सरकारी कर्मचारीले बढी फाइदा उठाइरहेको आरोप पीडितले लगाइरहेका छन्। आजको नयाँ पत्रिकाले समाचार छापेको छ – विभागले ठगी गर्ने १ सय म्यानपावर कम्पनीको सूचीको तयारी अन्तिम चरणमा पुर्‍याएको भए पनि यसलाई सार्वजनिक नगर्नु आश्चर्यपूर्ण भएको विभागका १ निर्देशकले बताए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts