Saturday, February 13, 2016

कोइरालाको उत्तराधिकारी साबित गर्न संस्थापनमै तानातान

काठमाडौं,फागुन २ । दिवंगत सभापति सुशिल कोइरालाको विरासत लिन नेपाली कांग्रेसभित्र संस्थापन पक्षकै नेताबीच तानातान सुरु भएको छ । आफूलाई कोइरालाको उत्तराधिकारी साबित गर्न कार्यवहार सभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलासहितका नेता सक्रिय देखिएका आजको नागरिक दैनिकमा समाचार छ । सभापतिमा आफूलाई सहयोग गर्न कार्यवहाक सभापति रामचन्द्र पौडेलले शनिकार कोइराला निवास महाराजगञ्जमा बोलाएको बैठकमा महामन्त्रीद्वय सिंह र सिटौलाले पनि सभातिको दावेदारी प्रस्तुत गरेका थिए ।

वरिष्ठ नेता शेरबहादुर देउवा सभापतिका रुपमा प्रचारप्रसारमा जुटिसकेका बेला संस्थापनबाटै ससजाता कोइरालाले पनि सुशिलको निधन अघि नै सभापति उठ्ने घोषणा गरेकी छिन् । कोइरालको निधन अघि उनको ‘लिगेसी’ जिताउन आफू त्याग गर्न तयार रहेको बताएका नेता रामशरण महतले पनि सभापतिमा दाबी गर्दै आएका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts