Monday, February 22, 2016

१२.६४ अर्ब ऋण नतिरी बोनस जम्मा गर्दै आयल निगम

काठमाडौं,फागुन ११ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर घटे पनि नेपाल आयल निगमले घटाएको छैन। पुरानो ऋण तिर्ने नाउँमा उसले पेट्रोल, डिजेल र मट्टीतेलमा उच्च नाफा राखेर बोनस खातामा रकम जम्मा गरिरहेको छ। यसको मार सबैतिरबाट उपभोक्तालाई परेको छ।

निगमले सरकारसँग लिएको १२ अर्ब ६४ करोड ऋण पूरै भुक्तानी नगर्दासम्म बोनस बाँड्न नपाउने भएकाले गत वर्ष र चालू अार्थिक वर्षाको ६ महिनाको नाफबाट १० प्रतिशत रकम बोनस शीर्षकमा छुट्याएर राखेको छ। निगमले ऋण चुक्ता गर्ने बित्तिकै यो बोनस बाँडिनेछ। निगम दावीअनुसार ऋण यही वर्षभित्र चुक्ता हुने सम्भावना छ। त्यसपछि कर्मचारीको खातामा लाखौं रकम जम्मा हुने छ।

ऋण चुक्ता गर्ने भने पनि निगमले भुक्तानी र ब्याजमा थोरैमात्र रकम छुट्याएर नाफा शीर्षकमा उच्च रकम राखेको छ। नाफा शीर्षक उच्च राख्नुले बोनसप्रतिको लगाव दर्साउने उपपभोक्ताकर्मी बताउँछन्। कारोबार दैनिकमा समाचार छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts