Monday, February 22, 2016

सौर्य उर्जा जडान गर्नेलाई ५० प्रतिशतसम्म छुट दिने

काठमाडौं,फागुन ११ । सरकारले सौर्य उर्जा जडान गर्नेलाई ५० प्रतिशतसम्म छुट दिने भएको छ । लोडसेडिङले हैरान भएका नागरिकलाई जनसहभागितामा आधारित नवीकरणीय उर्जामार्फत सरकारले लगाएको ५० प्रतिशत छुट दिने भएको आजको अन्नपूर्णमा समाचार छ ।
सरकारले व्यक्तिगतरुपमा घरमा जडान गर्ने देखि संघसंस्था र कार्यालयसमेतलाई छुट दिने गरी यस्तो योजना ल्याएको हो ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नवीकरणीय उर्जाका माध्यमबाट स्थानीय उर्जा आवश्यकता पूरा गर्ने उदेश्यले यस्तो योजना ल्याएको हो ।
मन्त्रालयले स्विकृतिका लागि मन्त्रिपरिषदमा पुर्‍याएको यो प्रस्ताब अब बस्ने बैठकले अनुमोदन गरेपछि तत्काल लागू हुनेछ । यो योजना चरणबद्ध रुपमा देशभरका सबै गाविस र नगरपालिकामा सञ्चालन हुने छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts