Friday, February 12, 2016

म्याग्देली भेटघाट कार्यक्रम सम्पन्न

कोरिया । दक्षिण कोरियाको इतिहासमा निकै पुरानो र विभिन्न रचनात्मक कार्यक्रमले लोकप्रिय संस्था म्याग्दी समाज समितिले बार्षिक रूपमा गर्दै आएको म्याग्देली भेटघाट कार्यक्रम लाई भब्यताका साथ सम्पन्न गरेको छ। दक्षिण कोरियाको विभिन्न स्थान र कम्पनीमा कार्यरत तथा ब्यापार ,ब्यवसाय ,अध्ययनमा संम्लग्न म्याग्देलिहरु बिच एकता सहकार्य र भावनात्मक सम्बन्धलाई प्रगाढ बनाउन यो कार्यक्रम सफल भएको जनाइएको थियो ।

यो कार्यक्रम सउल स्थित एक रेस्टुरेन्टमा सहसचिव कृष्ण खड्काको संचालन उपाध्यक्ष अनन्त गिरि को स्वागत मन्तव्य तथा कार्यबाहक अध्यक्ष लोक ब. बानियाँ (आलोक) अध्यक्षतामा सम्पन्न गरिएको थियो।सो कार्यक्रममा केही समय अगाडी सम्पन्न भएको म्याग्देली म्युजिकल सो को आय ब्यय सार्बजनिक गरिएको थियो। यहि बिषयमा बर्तमान समयमा समाजलाई नजिक बाट नियाल्दै आउनुभएका हाल विद्यार्थी पेशामा संम्लग्न सुनेश केसि ले समाजको कार्यशैली तथा पारदर्शिता को बिषयमा अत्यन्तै महत्वपूर्ण रुपमा प्रश्न राखेर समाजको ध्यानाकर्षण गराउनु भएको थियो।

त्यसै गरि पोखरामा रहस्यमय ढंगले हत्या मा परेकी म्याग्देली चेली नेहा पुनलाई भावपुर्ण ९योरुना० श्रद्धाञ्जली अर्पण गरिएको थियोे ।कार्यक्रम मा उपस्तिथित म्याग्देलिहरुले समाज प्रती चासो सरोकार राख्दै प्रश्न गरेका थिए भने अतिथिहरुले नजिकिदै गरेको साधारण सभालाई भब्य र सब्य रुपम सम्पन्न गर्न सबै म्याग्देली हरुले जिम्मेवारी बहन गर्दै अगाडि बड्न सुझाव दिएका थिय।भेटघाट खानपान र नाचगान को रमझममा रम्दै आगामी दिनमा यस संस्थालाई सर्बोच्च रुप्मा सफल बनाउने प्रतिबद्धता सम्पूर्ण उपस्थित म्याग्देलिहरुले व्यक्त गरेका थिय

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts