Friday, February 12, 2016

दोधारा रेडक्रसमा पुनः शाही

पप्पु गुरुङ्ग-दोधारा,चाँदनी, माघ २९। नेपाल रेडक्रस दोधारा उपशाखामा पुनः धन बहादुर शाही निर्बिरोध चयन भएका छन् । नेपाल रेडक्रस सोसाईटी दोधाराको आजको १६ औं उपशाखाको अबिधेशनले धन बहादुर शाही निर्बिरोध चयन गरेको हो । नेपाल रेडक्रस सोसाइटी कंचनपुर जिल्ला कार्यसमितिका उपसभापति नर बहादुर राना निर्वाचन अधिकारी रहेको दोधारा रेडक्रस उपशाखाको १६ औं अबिधेशनले सदस्यमा शान्तिमाया सुनुवार, भिमा थापा, सोनी क्षेत्री, लक्ष्मी कार्की, शोभा थापा, पार्वती राना, जिब्छ प्रसाद यादव र बेल बहादुर रानालाई चयन गरेको निर्वाचन अधिकृत महेश घिमिरेले जानकारी दिएका छन् ।

सभापतिको अर्का दाबेदार केशब प्रशाद बरालले अन्तिम चरणमा सहमती जनाएपछि शाही पुनः ४ बर्षको लागी सभापति भएका हुन् । नेपाल रेडक्रस दोधारा उपशाखाले बिगत लामो समय देखि मानविय सहायता तथा सामाजिक कार्यमा सहयोग तथा सहकार्य गर्दै आएको छ् । दोधारा चा“दनी नगरपालिकाको सयुक्त वडा कार्यालय सभा कक्षमा संचालित कार्यक्रममा आजिवन सदस्य, राजनितिक दलका प्रतिनिधी तथा पत्रकारको साझा उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts